कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालुवाको ढिस्कोमा पुरिएर १ को मृत्यु, ३ घाइते

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–९, ताँत्रगारमा बालुवाको ढिस्कोमा पुरिएर मंगलबार १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार ढिस्कोले पुरिएर ताँत्रगारकी ३२ वर्षीया कुमारी सिंहको मृत्यु भएको हो । घटनामा गाउँकै एकबहादुर सिंह, कमला सिंह र तारा सिंह घाइते छन् । 

कमला र ताराको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने सख्त घाइते एकबहादुरलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । स्वास्थ्यचौकी निर्माणका लागि बालुवा निकाल्ने क्रममा घटना भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली पठाइएको उनले जानकारी दिए ।


प्रकाशित : जेष्ठ १३, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?