कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार र सोमबार ७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५ जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको हो । नयाँ भेटिएका सबै दैलेखका हुन् ।

यसअघि सुर्खेतका तीन र दैलेखका एकजनामा कोरोना पुष्टि भएको थियो । उनीहरुमध्ये चारजनाको सुर्खेतस्थित प्रदेश अस्पतालमा र ५ जनाको दैलेख अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताए ।

हालसम्म नेपालभर ६ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमण पुष्टि भएकामध्ये १ सय ५ जना निको भएका छन् । कोरोना संक्रमणबाट बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक–एक गरी ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?