१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३ सय ५७ को पीसीआर रिपोर्ट नेगेटिभ 

राजबहादुर शाही

मुगु — मुगुमा ३ सय ५७ जनाको स्वाब संकलन गरी पीसीआर विधिमार्फत जाँच गरिएको छ । 

३ सय ५७ को पीसीआर रिपोर्ट नेगेटिभ 

खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथरारा नगरपालिकामा स्वाब संकलन गरिएको जाँचमा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए । उनका अनुसार चिकित्सक टोली खटाएर संकलन गरिएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याएर परीक्षण गरिएको हो ।

प्रतिष्ठानले कर्णालीका ५ हिमाली जिल्लाबाट २ हजार ७ सय ६० जनाको स्वाब संकलन गरेको छ । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले किट सकिन लागेकोले अब स्वाब संकलनमा समस्या आउने बताए । उनले प्रतिष्ठानमा करिब २ सय थान किटमात्र बाँकी रहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?