कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंबाहिर सबैभन्दा बढी पीसीआर परीक्षण जुम्लामा

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउनको लागि पीसीआर परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा बढी परीक्षण जुम्लामा भएको छ ।

काठमाडौंबाहिर सबैभन्दा बढी पीसीआर परीक्षण जुम्लामा

मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ हजार २ सय ९५ जनाको पीसीआर भएको छ । त्यसपछि जुम्लामा २ हजार ७ सय ५५ जनाको पीसीआर भएको छ । तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा २ हजार ३ सय ७९ जनाको पीसीआर भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशकै सुर्खेतमा भने २ हजार २ सय २ सय ९४ जनाको पीसीआर भएको छ ।

जुम्लामा वैशाख २२ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पीसीआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म २ हजार ७ सय ६० जनाको परीक्षण सकिएको छ । सबैको नतिजा नेगेटिभ आएको उनले बताए । प्रतिष्ठानले ल्याव इन्जार्ज विवेक पुनको नेतृत्वमा परीक्षण कार्य गरिरहेको छ ।

हुम्ला र मुगुमा आरडीटी परीक्षण पोजेटिभ देखिएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडीटी पोजिटिभ देखिएको थियो ।

पूर्वाधार र जनशक्तिले सहज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कोरोना भाइरस परीक्षणका लागि पीसीआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पीसीआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुईजना चिकित्सकसहित प्रयोगशालाका ४ जना प्राविधिक छन् । प्रयोगशालामा पीसीआर सञ्चालन हुनुअघि प्रयोगशाला इन्चार्ज पुनले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका थिए ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैले थप २ हजार भीटीएम किट खरिद गरिसकेको छ । ती भीटीएम मंगलबारसम्म जुम्ला पुग्ने उनले बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकोप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए ।

अहिलेसम्म कहाँ कति पीसीआर परीक्षण ?

प्रकाशित : जेष्ठ ११, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?