बिहेका लागि केटी लिन आएकामाथि कुटपिट

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–८ मा शनिबार दुई पक्षबीच झडप भएको छ । बिहेका लागि भन्दै जाजरकोटबाट केटी लिन आएकाहरूलाई स्थानीयले कुटपिट गरेका हुन् ।

केटी पक्षले केहीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । स्थानीयले नै जाजरकोटबाट आएकालाई नियन्त्रणमा राखेको खबर गरेपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय चौरजहारी ल्याइएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार अन्तरजातीय सम्बन्धका कारण विवाद भएको बुझिएको छ । केटी मल्ल थरकी हुन् भने केटा विक ।

केटी लिन भनी आएकामध्ये एक जनाको शव भेटिएको छ । भेरी नदी किनारमा नवराज विकको शव भेटिएको जाजरकोट प्रहरीले जनाएको छ । झडपपछि जाजरकोटबाट आएका केही भागेका थिए । तिनैमध्ये एक जनाको शव भेटिएको र अरूको खोजी भइरहेको डीएसपी केसीले बताए । उनका अनुसार केटा–केटीबीचको सल्लाहमै उनीहरू चौरजहारी आएको बुझिएको छ । त्यो कुरा परिवारका सदस्यले थाहा पाएपछि झगडा सुरु भएको थियो ।


प्रकाशित : जेष्ठ ११, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?