चामलमा १० प्रतिशत छुट

राजबहादुर शाही

मुगु — लकडाउनका कारण विपन्न परिवारमा खाद्यान्न समस्या हुन थालेपछि  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुगुमा १० प्रतिशत छुट दिइ चामल बिक्री गरिरहेको छ ।

चामलमा १० प्रतिशत छुट

कम्पनीका अनुसार यसअघि १ हजार ८ सय ६० मा बिक्री भइरहेको ३० किलोको जिरा मसिनो चामल १ हजार ६ सय ७४ रुपैयाँमा बिक्री भइरहेको हो । बजारमा अभाव देखिएपछि छुट दिइ चामल बिक्री गरिरहेको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए । ‘बजारमा अभाव देखिएपछि खाद्यान्नको मुल्यबृद्धि हुन थाल्यो,’ उनले भने, ‘विपन्न परिवारलाई समस्या नहोस् भनेर छुटमा चामल बिक्री गरिरहेका हौं ।’

त्यस्तै १ हजार ५ सय ७५ मा बिक्री हुने ३० किलोको एक बोरा चामललाई १ हजार ४ सय १७ रुपैयाँमा बेच्न थालिएको छ । लकडाउनको अवधिमा झण्डै ७ सय क्विन्टल चामल बिक्री भएको कम्पनीले जनाएको छ । राहत वितरणका लागि स्थानीय तह र विभिन्‍न संघसंस्थाले १५ सय क्‍विन्टल चामल लिएको निमित्त प्रमुख भामले जानकारी दिए । लकडाउनका कारण ढुवानीमा समस्या देखिए पनि मौज्दात चामलले भदौ महिनासम्म पुग्‍ने उनको अनुमान छ ।

कम्पनीको गोदाममा अहिले २ हजार ९ सय क्‍विन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा मुगुका लागि १० हजार क्‍विन्टल चामलको कोटा स्वीकृत भएको छ । जसमध्ये ८ हजार क्‍विन्टल ढुवानी भइसकेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?