१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पेट्रोलियम अन्वेषणको नतिजा आएन

ज्योति कटुवाल

दैलेख — गत फागुनमा सेस्मिक सर्भेको स्थलगत अध्ययन सकेर चिनियाँ टोली स्वदेश फर्किए पनि नतिजा अझै आएको छैन । चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनको नतिजा आएसँगै पेट्रोलियम पदार्थको थप अन्वेषण गर्ने गरी खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

पेट्रोलियम अन्वेषणको नतिजा आएन

अर्को चरणको काम गर्न चिनियाँ प्राविधिक टोलीको नतिजा कुरेको भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताए । ‘सेस्मिक सर्भेको विश्लेषणको आधारमा अर्को चरणको.काम अघि बढाउनेछौं,’ उनले भने, ‘चिनियाँ टोलीले आफ्नो कामलाई निरन्तरता दिएको छ, हामीलाई भने लकडाउनका कारण स्थलगत काम गर्न समस्या भएको छ ।’ विभागले चिनियाँ टोलीसँग तीन चरणमा अन्वेषणका लागि सम्झौता गरेको थियो । पहिलो चरणको स्थलगत अध्ययनको काम सकिएपछि विश्लेषणको काम भइरहेको विभागले जनाएको छ ।

दोस्रो चरणमा सेस्मिक सर्भेको विश्लेषणका आधारमा थप ‘ड्रिलिङ’ को काम हुने भूर्गभविद् डा. त्रिपाठीले बताए । ‘तेस्रो चरणमा परियोजनाको अध्ययनको सम्पूर्ण काम सकी निष्कर्ष निकालिनेछ,’ उनले भने, ‘तर लकडाउनले ड्रिलिङका लागि आउनुपर्ने सामान आइपुगेका छैनन् ।’ परियोजनाले यसअघि श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न ठाउँमा १० वटा लाइनमा सेस्मिक सर्भेको काम सम्पन्न गरिसकेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?