२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अलपत्र परेकालाई सर्केगाड गाउँपालिकाले प्रतिव्यक्ति २ हजार दिने

छपाल लामा

हुम्ला — लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका स्थानीयलाई सर्केगाड गाउँपालिकाले प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले राहत दिने भएको छ ।

अलपत्र परेकालाई सर्केगाड गाउँपालिकाले प्रतिव्यक्ति २ हजार दिने

अध्ययन, व्यवसाय र मजदुरीका लागि विभिन्न जिल्लामा गएका स्थानीयबासी फर्कन समस्या भएपछि कार्यपालिका वैठकले राहतको निर्णय गरेको हो ।

जिल्लाबाहिर अलपत्र परेकालाई ल्याउन प्रयास गरिए पनि सफल नभएपछि राहतको निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए । उनका अनुसार सर्केगाडका बासिन्दा काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा लामो समयदेखि अलपत्र परेका छन् ।

‘अलपत्र परेको गुनासो बढेपछि हवाइ उद्धार गरी ल्याउन खोजेको थियौं, तर सम्भव भएन,’ उनले भने, ‘तथ्यांक संकलनको काम थालिएको छ, एकीन तथ्यांक आएपछि राहत वितरण सुरु हुन्छ ।’ लकडाउनका कारण सबैभन्दा बढी विद्यार्थी विभिन्न जिल्लामा अलपत्र परेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?