अलपत्र झण्डै ९ सय हुम्लावासीको उद्धार

छपाल लामा

हुम्ला — विभिन्‍न ठाउँमा अलपत्र परेका हुम्लाका झण्डै ९ सय नागरिकको हवाइजहाजमार्फत उद्धार गरिएको छ । उनीहरुलाई गाडीमार्फत नेपालगन्ज र सुर्खेत ल्याइएको थियो । नेपालगन्जमा पुर्‍याइएका ४ सय ९५ र सुर्खेतमा रहेका ४ सय जनालाई हुम्ला ल्याउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेत र नेपालगन्जमा ८ सय ९५ जना अलपत्र छन् । 

अलपत्र झण्डै ९ सय हुम्लावासीको उद्धार

अहिलेसम्म नाम्खाका ५६, सिमकोटका २२, खार्पुनाथका ४९ र सर्केगाडका ४ जनालाई हुम्ला ल्याइएको सिमकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष पदमबहादुर लामाका अनुसार अध्ययन, व्यवसाय र मजदुरीका लागि विभिन्न जिल्लामा रहेका जिल्लावासीलाई गाडीबाट सुर्खेत र नेपालगन्ज पुर्‍याइएको थियो । सडक सुविधा नभएकाले सबैलाई निजी जहाज चार्टर गरी उद्धार गर्न थालिएको उनले बताए । आइतबार ३ सय ५२ जनालाई उद्धार गरिएको उनले जानकारी दिए । उनका अनुसार अलपत्र यात्रुलाई सीता, तारा र समिट एयरलाइन्सले हुम्ला ल्याइरहेका छन् । यसअघि विभिन्न ठाउँमा अलपत्र परेका ३ सय जनालाई उद्धार गरिएको थियो ।


लकडाउनका कारण विभिन्न जिल्लामा अलपत्र परेका स्थानीयवासी हुम्ला विमानस्थलमा । तस्बिर : छपाल लामा/कान्तिपुर


प्रकाशित : वैशाख २१, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?