९ सय १२ विपन्‍न परिवारलाई खाद्यान्‍न

विप्लव महर्जन

सल्यान — जिल्लाका १० स्थानीय तहमध्ये दुई शारदा नगरपालिका र कपुरकोट गाउँपालिकाले अतिविपन्न ९ सय १२ परिवारलाई १८ लाख मूल्य बराबरको  खाद्यान्न वितरण गरेका छन्।

९ सय १२ विपन्‍न परिवारलाई खाद्यान्‍न

लकडाउनका कारण मजदुरी गरी जीविकोपार्जन गर्दै आएकाहरु सबैभन्दा बढी समस्यामा परेकाले खाद्यान्न वितरण गरिएको पालिकाले जनाएका छन्।

शारदा नगरपालिकाले ७ सय ८४ र कपुरकोट गाउँपालिकाले १ सय २८ परिवारलाई खाद्यान्न वितरण गरेको थियो।

खाद्यान्नमा चामल, दाल, खानेतेल, नुन र साबुनलगायत रहेको नगरप्रमुख सुरेश अधिकारीले बताए। खाद्यान्न वितरणसँगै गाउँपालिकाले सबै वडामा कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायबारे स्थानीयलाई जानकारी गराउँदै आएको छ।

अति विपन्नलाई खाद्यान्न वितरणको तयारी गरिरहेका अन्य स्थानीय तहले तथ्यांक संकलनमा ढिलाइ भएकाले समयमै वितरण गर्न नसकिएको जनाएका छन्।

प्रकाशित : चैत्र २६, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?