१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

घर–घरमै स्वास्थ्य परीक्षण  

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाले भारत र विदेशबाट आएका ३१ जनाको घरघरमा स्वास्थ्यकर्मीको टोली खटाएर स्वास्थ्य परीक्षण गरेको छ । टोलीले उनीहरुमा कोरोना भाइरसको लक्षण भएनभएको जानकारी लिएका थिए ।

घर–घरमै स्वास्थ्य परीक्षण  

गाउँपालिकाले अहिलेसम्म छुट्टै कवारेन्टाइन कक्ष निर्माण नगरेपनि स्वास्थ्यकर्मीको सहयोग लिएर घरमै गई कोरोनाको लक्षण देखिएरनदेखिएको परीक्षण गर्दै आएको पालिका अध्यक्ष भिमबहादुर सेनले बताए । टोलीले ३१ जनालाई सेल्फ क्वारेन्टाईनमा बस्न र १४ दिनसम्म बाहिर ननिस्कन सल्लाह दिएका थिए । पालिका अन्तर्गत स्वास्थ्यचौकीमा अहिलेसम्म ज्वरो नाप्ने मेसिन बाहेक अन्य स्वास्थ्य सुरक्षा सामग्री नभएपनि जोखिम उठाएरै स्वास्थ्यकर्मीले घर–घरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले बताए ।

छत्रेस्वरी गाउँपालिकाको जयचौरस्थित स्वास्थ्यचौकीको क्वारेन्टाईनमा सात जना बसेका पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । उनका अनुसार ज्वरो जाँच गर्ने बाहेक अन्य सामग्री नभएकाले स्वास्थ्यकर्मी डराई–डराई परीक्षण गर्छन् । भारतसहित अन्य मुलुकबाट गाउँपालिकाभित्र २३ जना फर्किएका छन् । सेल्फ क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परिक्षण नभएको उनको भनाई छ ।

कालीमाटी गाउँपालिकाको घुईयाबारीको नेरामाविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकालाई १० दिनको अबधीमा दुई पटक स्वास्थ्य परिक्षण गरिएको र आईतबार पुन स्वास्थ्यकर्मीको टोली उक्त कक्षमा गएको प्रमुख प्रशासकीय अधिकृत मार्सल ओलीले बताए । रामपुरमा बसेकालाई पनि स्वास्थ्य परिक्षण गरिएको र उनीहरुलाइ कुनै समस्या नदेखिएपछि घर फकाईएको उनले जनाए । ‘क्वारेन्टाइनमा बसेकाहरु नभागुन भनेर सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ’ उनले भने ।

कालीमाटीमा भारतलगायतका अन्य मुलुकबाट ३२ जना फर्किएका छन् ।

प्रकाशित : चैत्र २३, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?