कर्णालीका ‘आइसोलेसन अस्पताल’ले पाएनन् बजेट, कोषमै थन्‍कियो १ करोड

सुर्खेत — कर्णालीका तीन अस्पताललाई आइसोलेसन अस्पताल बनाउने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले चैत १३ गते प्रदेश अस्पतालसहित जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी अस्पताललाई आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालहरुले अहिलेसम्म बजेटसमेत पाएका छैनन् ।

कर्णालीका ‘आइसोलेसन अस्पताल’ले पाएनन् बजेट, कोषमै थन्‍कियो १ करोड

प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ दिने निर्णय गरे पनि उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा थन्‍किएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार शिक्षण अस्पतालमा अहिले पनि १ सय २० शøयाको आइसोलेसन वार्ड तयारी अवस्थामा छ । ‘प्रदेश सरकारले दिएको रकम लत्ताकपडा र खाद्यान्नवाहेक अन्यमा खर्च गर्न नपाइने भएपछि आइसोलेसन सेन्टर विस्तारमा समस्या भएको छ,’ उनले भने, ‘आवश्यक्ता भएको शीर्षकमा रकम नआउ“दा अलमल भयो ।’

अस्पतालमा ‘वीएसएल–२’ ल्याब यसअघि नै सञ्चालनमा छ । रजिष्ट्रार काफ्लेले कोरोना भाइरस परीक्षणका लागि ‘टीसीआर’ मेसिनको मात्रै अभाव भएको बताए । प्रदेश सरकारको रकमबाट अस्पतालमा भेन्टिलेटर थप गर्ने योजना प्रतिष्ठानको छ । अहिले अस्पतालमा ५ वटा भेन्टिलेटर चालु अवस्थामा छन् ।


उधारोमा अस्पताल

चौरजहारी अस्पतालमा आइसोलेसन केन्द्र बनाउन भन्दै प्रदेश सरकारले ५० लाख रुपैया“ विनियोजन गरेको छ । तर, बजेट नआउ“दा अस्पताल व्यवस्थापनमा समस्या भइरहेको छ ।

अस्पतालले उधारोमा सामग्री मगाएर कोरोना उपचार अस्पताल निर्माण गरिसकेको छ ।

अस्पतालका प्रशासक डीलबहादुर गिरीले २ नम्बर वडाको शीतल माध्यमिक विद्यालयमा २० र अस्पतालभित्र ४ गरी २४ शøयाको आइसोलेसन वार्ड निर्माण भइसकेको बताए । उनका अनुसार झण्डै १० लाख रुपैया“को सामग्री खरिद गरिए पनि बजेट नआउ“दा समस्या भएको छ । ‘बिरामी आएपछि भर्ना गर्न सक्नेगरी तयारी पूरा गरिसकेका छौं,’ उनले भने, ‘तर, प्रदेश सरकारले रकम नपठाउ“दा थप व्यवस्थापनमा समस्या हुने देखियो ।’ जटिल अवस्थाका बिरामीलाई अस्पतालभित्रका बेड र सामान्य हि“डडुल गर्न सक्ने बिरामीलाई विद्यालयमा बनाइएको अस्पतालमा राख्ने तयारी भइरहेको गिरीले जानकारी दिए ।

प्रदेश सरकाले भने बल्ल बैठकको तयारी गरेको छ । बैठकका लागि आइतबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र आइसोलेसन केन्द्रकी अध्यक्ष तोकिएकी भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी चौरजहारी पुग्दैछन् । बनेको आइसोलेसनको अवस्था अवलोकन र आवश्यक छलफल र तयारीका लागि वैठक बस्ने मन्त्री केसीले बताइन् । ‘प्रदेश सरकारले वेवास्ता गरेको होइन,’ उनले भनिन््, ‘वैठकको निर्णयअनुसार थप व्यवस्था मिलाइनेछ ।’


सुर्खेतमा प्रक्रिया सुरु

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले आइसोलेसनका लागि चाहिने थप उपकरण खरिद गर्न लागिएको जनाएको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा भेन्टिलेटर र आइसीयू बेड किन्नको लागि टेन्डर प्रक्रिया सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए । लकडाउनका कारण समयमै आवश्यक उपकरण ल्याउन समस्या भएको उनको भनाइ छ । अस्पतालले करिब ५० लाख रुपैया“को सामान खरिद गरिसकिएको जनाएको छ ।

संघीय र प्रदेश सरकारले अस्पतालका लागि २ करोड ६२ लाख रुपैया“ विनियोजन गरेको डा. खड्काले जानकारी दिए । अहिले प्रदेश अस्पतालमा २ भेन्टिलेटरसहित ४ शøयाको आइसीयू छ । अस्पतालले ४ भेन्टिलेटरसहित १० आइसीयू बेड थप्ने तयारी गरेको हो । यसअघि चीनबाट ल्याइएको पीपीइ सेट पूरा नहु“दा प्रयोगविहीन भएको स्वास्थ्यकर्मीको गुनासो छ । प्रदेश अस्पतालमा गरिएका २३ स्वाब परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’ देखिएको डा. खड्काले जनाए ।

प्रकाशित : चैत्र २३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?