१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बादी बस्तीमा बल्ल पुग्यो राहत

सुर्खेत — झुप्राखोलास्थित बादी बस्तीमा शनिबार राहत वितरण गरिएको छ । मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रयाक्टर व्यवसायी संघ र डिजी कन्स्ट्रक्सनले दिएको खाद्यान्नमा वीरेन्द्रनगर नगरपालिकाले आफ्नो तर्फबाट थप गरी वितरण गरेको हो ।

बादी बस्तीमा बल्ल पुग्यो राहत

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले झुप्राखोला र आसपासमा रहेका १ सय ६ परिवारलाई राहत वितरण गरिएको बताए । उनका अनुसार चार जनासम्म सदस्य भएको परिवारलाई १५ केजी र त्योभन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामल वितरण गरिएको हो । ट्रयाक्टर व्यवसायी संघ र डिजी कन्स्ट्रक्सनले १ हजार २ सय ७५ केजी चामल, ५० केजी दाल र ५० केजी नुन नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।


झुप्राखोलामा राहत लिन जम्मा भएका स्थानीय बासिन्दा ।

गिट्टी–बालुवा बेचेर जीविकोपार्जन गर्दै आएका झुप्राखोलाका स्थानीय बासिन्दा ‘लकडाउन’ हुँदा खाद्य सुरक्षाको जोखिममा परेका थिए । शुक्रबारसम्म कसैले पनि राहत नदिएपछि भोकभोकै मर्नुपर्ने अवस्था आएको पीडा उनीहरुले सुनाएका थिए ।

प्रकाशित : चैत्र २२, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?