१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दमकलबाटै छरियो औषधि 

सल्यान — सिम्ता गाउँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्‍न पालिकाभित्रका सबै ठाउँमा किटनाशक औषधि छर्केका छ ।

दमकलबाटै छरियो औषधि 

पालिकाले राकम, पुलबजार, जामुनेबजार, चौर, ज्यामिरे, गाजीबजार, लुकुई, औलभ्याम, बाली खोला, काली खोला, तारकुला, बासखर्क, छेडाबजार आलीमा दमकल प्रयोग गरी किटनाशक औषधि छरेको हो । गाउँपालिकाले दमकलबाट १५ हजार लिटर क्लोरिन पाउडर छरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।


भारत र तेस्रो मुलुकबाट पालिकाभित्र धेरै फर्केपनि अहिलेसम्म कसैलाई कोरोनाको लक्षण नदेखिएको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गाउँपालिकाले ५० शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको उनल बताए ।


गाउँपालिकाले छरेको किटनाशक औषधिले किटाणु मर्ने भएकाले अन्य रोगबाट पनि बच्न सकिने स्वास्थ्य शाखा संयोजक वीरेन्द्र पुनले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?