कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जिल्ला विपद् व्यवस्थापन कोष हुम्लामा प्रदेश सरकारको ५० लाख

छपाल लामा

(हुम्ला) — कर्णाली प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कोषमा प्रदेश सरकारले ५० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो । जिल्लामा स्थापना गरिएका क्‍वारेन्टाइन र आइसोलेसनमा आवश्यक सामग्री खरिद गर्न कोषमा रकम जम्मा गर्न थालिएको हो ।  

समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार थप रकम जिल्लास्तरमै जुटाइने छ । उनले अहिलेसम्म कोषमा ५२ लाख ३४ हजार रुपैयाँको प्रतिबद्धता गरिएको बताइन् । ‘प्रदेश सरकारले रकम नपठाए पनि आवश्यक सामग्री खरिद गर्न सुरु गरिसकेका छौं,’ उनले भनिन्, ‘कोषको रकम कोरोनाविरुद्धको प्रतिकार्य योजनामा खर्च गरिनेछ ।’


समितिका अनुसार कोषमा जिल्ला समन्वय समितिले १ लाख ५० हजार र उद्योग वाणिज्य संघले ७३ हजार रुपैयाँको सामग्री उपलब्ध गराएका छन् । कोषमा मानसरोवर माविका विद्यार्थी खडानन्द न्यौपानेले ११ हजार १ सय ११ जम्मा गरेको समितिले जनाएको छ ।


गाउँपालिकास्तरीय कोषमा पनि रकम व्यवस्थापनको काम सुरु गरिएको छ । अदानचुलीले २० लाख, सिमकोट तथा खार्पुनाथले १०/१० लाख, नाम्खा, ताजाकोट र सर्केगार्ड गाउँपालिकाले ५/५ लाख रुपैयाँको कोष खडा गरिसकेका छन् । खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले कोष खडा गरी क्वारेन्टाइन र हेल्प डेस्कको व्यवस्थापन भइरहेको बताए । उनका अनुसार कार्यपालिका बैठकबाट अन्य शीर्षकको बजेट स्थानान्तरण गरी कोषमा जम्मा गर्ने तयारी भइरहेको छ । जिल्लाका विभिन्न क्‍वारेन्टाइनमा ८ जनालाई राखिएको छ ।


प्रकाशित : चैत्र २१, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?