कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

७८ मजदुर परिवारलाई नगरपालिकाद्वारा खाद्यान्‍न वितरण

सल्यान — लकडाउनका कारण मर्कामा परेका मजदुर परिवारलाई शारदा नगरपालिकाले खाद्यान्न सहयोग वितरण सुरू गरेको छ। 

७८ मजदुर परिवारलाई नगरपालिकाद्वारा खाद्यान्‍न वितरण

शारदा- ४ को साहुटोलामा १८ र २ नम्बर वडाको खलंगाका ६० परिवारलाई बिहीबार खाद्यान्न सहयोग गरेको हो । मजदुरी गरी जीविकोपार्जन गर्दै आएका उनीहरूले लकडाउनपछि काम गर्न नपाएर बिजोग थियो ।


विपन्न परिवारलाई प्रतिघर २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, २ किलो नुन र साबुन उपलव्ध गराउने निर्णय भएको नगरप्रमुख सुरेश अधिकारीले बताए । शुक्रबार शीतलपाटी १ सय ३ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने जानकारी उनले दिए ।

'विपन्न परिवारको जीविकोपार्जनमा लकडाउनका कारण समस्या देखियो,' उनले भने, 'नगरभरिका विपन्नलाई खाद्यान्न सहयोग गर्नेगरी साहुटोलाबाट अभियान थालेका हौं ।' १५ वटा वडाका झण्डै ५ सय मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिने उनले बताए । नगरपालिकाले वितरण गरेको खाद्यान्नले दुइ साता खान पुग्ने नगरपालिकाको बैठकले ठहर गरेको थियो ।

प्रकाशित : चैत्र २०, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?