कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्‍न परिवारलाई चामल र तेल

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकाको ३ नम्बर वडाले विपन्न परिवारलाई राहत वितरण गरेको छ। आर्थिक रुपमा अति विपन्न ९३ परिवारलाई वडा कार्यालयले चामल र तेल वितरण गरेको हो। 

विपन्‍न परिवारलाई चामल र तेल

बुधबार वडाध्यक्ष चन्द्रबहादुर केसी आफै विपन्नको घर तथा विभिन्न टोल पुगेर २५ किलोका एकएक बोरा चामल र एकएक लिटर खानेतेल वितरण गरेका हुन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारलाई राहतस्वरुप चामल र तेल प्रदान गरेको वडाध्यक्ष केसीले बताए।


सामान्य अवस्थामा पनि समस्या रहने परिवारलाई लकडाउनले झनै असर परेको पाइएपछि चामल वितरण योजना बनाइएको उनले जानकारी दिए। '२५ किलो चामल र एक लिटर तेलले कम्तीमा पनि अभावको समयभर गुजारा गर्न सघाउने विश्वास छ,' उनले भने।


वडा कार्यालयले वडाभरका सर्वसाधारणमध्ये राहत दिन आवश्यक परिवार छनोट गरेको थियो। ९३ मध्य केहीको घरमै र केहीको टोलसम्म ट्याक्टरमार्फत चामल पुर्‍याइएको थियो। ३ नम्बर वडामा ३ सय ५० भन्दा बढी परिवार बसोबास गर्छन् ।

प्रकाशित : चैत्र १९, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?