कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुम्लामा जहाजबाट खाद्यान्न ढुवानी 

छपाल लामा

हुम्ला — लकडाउनका कारण खाद्यान्न अभाव हुन थालेपछि सिमकोटमा बुधबारदेखि जहाजमार्फत चामल ढुवानी सुरु गरिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत खाद्यान्न ओसार्नुपर्ने बाध्यता छ । 

एक सातादेखिको लकडाउनका कारण सदरमुकाम सिमकोटमा खाद्यान्न मौज्दात सकिएको छ । ढुवानी समस्याका कारण ग्रामीण क्षेत्रका डिपो रित्तै छन् । बुधबार चार उडान गरी ५ हजार ६ सय किलो चामल ढुवानी गरिएको सीता एयरका स्टेसन प्रमुख छेबेल लामाले बताए । उनका अनुसार सिमकोटमा खाद्यान्न पर्याप्त नहुँदासम्म एयरलाइन्सले दैनिक चामल ओसार्नेछ ।


प्रतिनिधिसभा सदस्य रंगमती शाही र छक्कबहादुर लामाको पहलमा खाद्यान्न ढुवानी थालिएको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताइन् । उनका अनुसार माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा बढी समस्या छ ।

दक्षिणी भेगका चार गाउँपालिकामा पनि केही दिनपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी हुने सांसद शाहीले बताइन् । ‘लकडाउनका कारण खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको अभाव भएको गुनासो बढ्यो,’ उनले भनिन्, ‘तत्काल सदरमुकाममा चामल ढुवानी सुरु गरिएको छ, अरू गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइनेछ ।’


प्रकाशित : चैत्र १९, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?