१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिहीबारदेखि सुर्खेतमै कोरोना परीक्षण

चाँदनी कठायत

वीरेन्द्रनगर — बिहीबारदेखि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण हुने भएको छ । बुधबार प्रदेश सरकारले प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । 

सामाजिक विकासमन्त्री दल रावलका अनुसार कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन ल्याइ प्रयोगशालाको तयारी सुरु गरिएको हो । ‘बुधबार प्रयोगशालाको काम सकिन्छ,’ उनले भने, ‘भोलिदेखि सुर्खेतमै कोरोना परीक्षण हुन्छ, यसका लागि आवश्यक जनशक्ति पनि हामीसँग छन् ।’ करिब २५ लाख रुपैयाँको लागतमा केन्द्र सरकारले थ्रोट स्वाव टेस्ट मेसिन उपलब्ध गराएको उनले जानकारी दिए ।


प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले सुरुमा प्रयोगशालामा ३ जनाको जनशक्ति खटाइने बताए । प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीलाई केन्द्रबाटै खटाइएका क्लिनिकल माईक्रोबायोलोजिष्ट रामकृष्ण श्रेष्ठले तालिम दिनेछन् । यसअघि कोरोना परीक्षणका लागि नमुना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउनुपर्ने बाध्यता थियो । कर्णालीबाट अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंका गरिएका ३१ जनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ ।


तीमध्ये २८ जनाको रिपोर्ट आइसकेकोमा कसैमा संक्रमण देखिएको छैन । सामाजिक विकासमन्त्री रावलले बुधबार मात्रै डोल्पाका २ र सुर्खेतका १ जनाको स्वाब परीक्षणका लागि पठाइएको बताए । उनका अनुसार हुम्लाबाट २, डोल्पाबाट ५, सुर्खेतबाट ११, कालीकोटबाट १, जुम्लाबाट ३, रुकुम पश्चिमबाट ४, दैलेखबाट २ र सल्यानबाट ३ जनाको नुमना परीक्षण पठाइसकिएको हो ।

प्रकाशित : चैत्र १९, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?