२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भारतबाट फर्किएका १७ जना गाउँकै क्‍वारेन्टाइनमा 

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाले ७ नम्बर वडाको घुइयाबारीमा स्थापना गरेको क्वारेन्टाइनमा १७ जनालाई राखिएको छ । गाउँपालिकाले घुइयाबारीस्थित नेपाल राष्ट्रिय माविमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको थियो । 

भारतबाट फर्किएका १७ जना गाउँकै क्‍वारेन्टाइनमा 

लक डाउनको समयमा भारतबाट फर्किएका स्थानीयलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परिवारको जिम्मा लगाइने उनले बताए । ‘क्वारेन्टाइनमा राखिँदाको सबै खर्च गाउँपालिकाले ब्यहोर्नेछ,’ उनले भने, ‘स्वास्थ्यकर्मीले उनीहरुको नियमित स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।’

गाउँपालिकाले सबै वडामा ९० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिका केन्द्र पुतलीबजारको शारदा मावि क्वारेन्टाइनमा राखिएका १३ जनालाई घर फर्काइएको अध्यक्ष खत्रीले जानकारी दिए ।


गाउँपालिकाले संकलन गरेको तथ्यांकअनुसार तीन साताको अवधिमा दुई सयजना भारत र खाडी मुलुकबाट फर्किएका छन् । ‘लक डाउनअघि फर्किएका सबै होम क्वारेन्टाइनमा छन्, उनीहरुलाई निगरानीमा राखिएको छ,’ उनले भने, ‘कोरोनाको संक्रमण फैलन नदिन स्थानीयलाई मास्क वितरण गरेका छौं, टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’

प्रकाशित : चैत्र १९, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?