संक्रमितसँगै जहाजमा आएका युवा ‘होम क्‍वारेन्टाइन’मा

एलपी देवकोटा

(जुम्ला) — गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका १५८ यात्रुमध्ये एक जना जुम्ला पुगेको पत्ता लागेको छ । उक्त विमानमा आएका दुई जनालाई कोरोना पुष्टि भएपछि सबैको खोजी तीव्र बनाइएको थियो ।

कनकासुन्दरीका–३ का एक युवक भारतको नयाँ दिल्लीबाट उक्त जहाजमा चढेका थिए । उनी होम क्‍वारेन्टाइनमा बसिरहेको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले बताए । ती युवालाई प्रहरीले निगरानीमा राखेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १८, २०७६ १५:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

वश्विव्यापी महामारीको रुपमा फैलएिको कोरोना भाइरसका कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो ।
पावर चाइनाका प्रतनिधि ली हाइयुआनले सिंहदरबारस्थति मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयअन्तर्गतका नेपाल वद्यिुत प्राधकिरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहति अत्यावश्यक सेवाका कर्मचारीका लाग िमास्क वतिरण गरनिे मन्त्री पुनले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ १५:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×