जुम्लाका अधिकांश क्वारेन्टाइन रित्तै 

एलपी देवकोटा

जुम्ला — कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढेको भन्दै जुम्लाका आठ स्थानीय तहमा २ सय ४२ क्वारेन्टाइन निर्माण गरिएका छन् । तर,भारत र अन्य मुलुकबाट जिल्ला भित्रिएकाहरु बस्न नमान्दा अधिकांश क्वारेन्टाइन रित्तै छन् । 

जुम्लाका अधिकांश क्वारेन्टाइन रित्तै 

जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथमा ३०, हिमामा ३२, पातारासीमा १०, गुठिचौरमा ६, तिलामा ५३, कनका सुन्दरीमा २०, तातोपानीमा ५० र सिंजा गाउँपालिकामा ४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । तर, ७१ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।

चन्दननाथ नगरपालिकाले कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरेको क्वारेन्टाइनमा एक जना पनि बसेका छैनन् । हिमा गाउँपालिकामा ३२, पातारासीमा९, गुठिचौरमा १, तिलामा १०, सिंजामा १२ र कनका सुन्दरीमा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबैजना घर गइसकेका छन् ।

जुम्लाबाट १५ जना विदेशी नागरिकलाई फिर्ता गरिएको प्रमुख जिल्लाअधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार ११ जनामहिला र ६० जना पुरुषमात्रै क्वारेन्टाइनमा बसेका छन् ।

‘विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोनाभाइरस संक्रमणको जोखिम बढेको छ,’ उनले भनिन्, ‘अधिकांश यात्रु गाउँ फर्किएकाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौं ।’ प्रशासनको तथ्यांक अनुसार लक डाउनको समयमा भारतबाट ३ सय ७१ र तेस्रो मुलकुबाट १३ जना जुम्ला भित्रिएका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?