२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोना प्रकोप : सुर्खेतमा ४ कैदी जेलमुक्त

कलेन्द्र सेजुवाल

सुर्खेत — कोरोना भाइरस (कोभिड- १९ )को संक्रमणलाई मध्यनजर गर्दै सरकारले कारागारमा चाप घटाउन कैद मिनाहा गर्ने निर्णय गरेअनुसार सुर्खेत जिल्ला कारागारबाट ४ जना कैदी छुटेका छन् ।

कोरोना प्रकोप : सुर्खेतमा ४ कैदी जेलमुक्त

सोमबार जिल्ला अदालतको आदेशबाट चारजना जेलमुक्त भएका हुन् ।

जेलर लक्ष्मी खरेलका अनुसार १ वर्षभन्दा कम कैद सजाय तोकिएका, आचरण राम्रो भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक प्रक्रिया पुर्याएर अदालतको आदेशबाट जेलमुक्त गरिएको हो ।


सुर्खेत कारागारका २५ जना कैदीले कैद छुटको लागि निवेदन दिएका भए पनि पहिलो चरणमा चारजना मात्र छुटेका खरेलले बताइन् । ‘उनीहरूबाट बाँकी कैद अवधिको रकम असुल गरिनुका साथै समाजमा गएपछि राम्रो गर्ने
, गलत काम नगर्ने कागजमा सही गराइएको छ,’ उनले भनिन्, ‘लकडाउनमा राज्यले दिएको अवसरलाई उनीहरूले सदुपयोग गर्नुपर्छ ।’

प्रकाशित : चैत्र १८, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?