कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्‍वारेन्टाइनबाट भागेका एक जनामा ज्वरो

१३औं दिनको पुण्यतिथिमा आफन्तकहाँ गएका १६ जनालाई क्वारेन्टाइनमा राखियो
तुलाराम पाण्डे

कालीकोट — सान्‍नीत्रिवेणी-१ सेरिज्यालास्थित शंकर मावि क्‍वारेन्टाइनमा नबसी भागेका एक जनामा ज्वरो देखिएको छ। शनिबार ज्वरो आएपछि उनी जँचाउन स्वास्थ्य संस्था गएका थिए।

भारतबाट फर्किएका उनलाई सेरिज्यालामै स्वास्थ्यकर्मीको विशेष निगरानीमा राखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए।


यहाँ जिल्ला अस्पताल मान्ममा ४, प्राथमिक उपचार केन्द्र कुमालगाउँमा ५, स्युनामा ४ र ओदा फाउन्डेसनमा १ गरी १४ बेडको आइसोलेसन कक्षा बनाइएको छ। क्वारेन्टाइनका लागि विभिन्न ७१ वटा स्थलमा ६ सय १९ बेड निर्माण गरिएको छ। कालीकोटमा आइतबारसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए। तर कतिपय क्वारेन्टाइनमा न्यूनतम मापदण्ड नै नभएको स्थानीयले गुनासो गरेका छन् ।


जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कालीकोट र दैलेखको सिमाना दैखोलामा स्वास्थ्य सेवा कार्यालयको अगुवाइमा सञ्चालित हेल्थ डेस्कमा हालसम्म ३ हजार ८ सय ८६ जनाको ज्वरो परीक्षण गरिएको छ। भारतबाहेकका मुलुकबाट ४० जना कालीकोट आएका छन् ।


यसैबीच, खाडाचक्र-३ ताडी गाउँबाट १३औं दिनको पुण्यतिथिमा आफन्तकहाँ गएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। वडाध्यक्ष महावीर पाण्डेका अनुसार उनीहरुलाई ताडी बसपार्क नजिकैको एभरेस्ट कर्णाली होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।


कालीकोटमा भारतबाट फर्किने सिजन भएकाले विशेष सतर्कता अपनाउन सबै ठाउँका प्रहरी युनिटलाई निर्देशन दिइएको डीएसपी श्यामबाबु ओलियाले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?