२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

परिवार नै क्‍वारेन्टाइनमा 

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका-१२ माझखर्कका एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ ।

परिवार नै क्‍वारेन्टाइनमा 

भारतको सिम्लारुरुमा मजदुरी गरेर गत चैत्र १० गते घर फर्किएका ३६ वर्षीय हिरालाल खडकालाई घर आएपछि ज्वरो आउने, टाउको दुख्‍ने सुरु भएपनि उनीसहित परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो ।


उनीहरुलाई आइतबार राति ९ बजे जिल्ला अस्पताल ल्याइएको थियो । भारतको सिम्ला स्थित रुरुबाट मजदुरी गरी फर्किएका उनीसँगै श्रीमती, छोरी र दुई छोरालाई अस्पतालको क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।


ज्वरो आउने लक्षण देखिएपनि परिवारका अन्यमा कुनै समस्या नरहेको अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरले बताए । सोमबार नमुना संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।


नमुना संकलनका लागि प्रदेश सरकारले एक टोली सोमबार सल्यान अस्पताल पठाउन लागेको उनले बताए । परीक्षणको नतिजा नआएसम्म उनीहरुलाई क्वारेन्टाइनमै राखिने छ ।


यस्तै त्रिबेणी गाउँपालिकाले भारतबाट फर्केका १५ जनालाई क्वारेनटाइनमा राखेको छ ।

प्रकाशित : चैत्र १७, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?