१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री नहुँदा उपचारमा समस्या

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षा सामग्री नहुँदा बिरामीको उपचारमा समस्या भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण अस्पतालका डाक्टर लगायत स्वास्थ्यकर्मीले सुरक्षा सामग्रीबिना बिरामीको जाँच र उपचार गर्न हिचकिचाउने गरेका छन् । अस्पतालमा गाउन, ग्लोब्स, क्याप, मास्क, बुट, हेन्ड स्यानीटाइजर लगायत सामग्री अभाव छ ।


अस्पतालमा हालसम्म उक्त व्यक्ति स्वास्थ्य सुरक्षाका सामग्री नहुँदा स्वास्थ्यकर्मी नै असुरक्षित हुने गरेका छन् । स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामग्री हालसम्म उपलब्ध हुन नसकेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीले बताए । स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक साम्रगी उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालय लगायत निकायमा पटक-पटक आग्रह गरे पनि हालसम्म प्राप्त नभएको जैसीले बताए ।

स्वास्थ्य सेवा कार्यालयले आपत्‌कालीन अवस्थाबाहेक स्थानीय बासिन्दालाई अस्पतालमा नआउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । बिरामी आउने ठाउँ अस्पताल भएको र कोरोना भाइरस पनि अस्पतालमै फैलने सम्भावना भएकोले सेवाग्राहीको भीड घटाउन आपत्‌कालीन बाहेकका सेवा बन्द गरिएको कार्यालय प्रमुख जैसीले बताए । दाँत, मुख, गिजा लगायत समस्या भएका बिरामी यतिबेला अस्पताल नआउनु उचित हुने उनले बताए ।

प्रकाशित : चैत्र १४, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?