कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लकडाउन अवज्ञा गरी चलाइएको बस दुर्घटना, १ को मृत्यु, तीन घाइते 

विप्लव महर्जन

सल्यान — जिल्लामा कोरोना भाइरसबाट बच्न सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई बेवास्ता गरी चलाइएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । 

लकडाउन अवज्ञा गरी चलाइएको बस दुर्घटना, १ को मृत्यु, तीन घाइते 

शारदा नगरपालिका ८ मार्केको काटीगाउँबाट शारदा नगरपालिका ५ दुल्धरापोखरा आउँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस बिहीबार राति दुल्धरापोखरा नजिकै दुर्घटना भएको हो । बसका यात्रु र सहचालक दाङ तुल्सीपुर उपमहानगरपालिका ४ का सुजन नेपालीको कोहलपुरस्थित मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको हो । घाइते भएका शारदा नगरपालिका ८ बस्ने वर्ष २६ का सुरेन्द्र सेजवाल, वर्ष २८का थमन चलाउने र शानपा ५ का वर्ष २७ का खेमराज बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।


बस अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको उनले जानकारी गराए । गाडीको टायर मर्मत गर्न दुल्धरापोखरा आउँदै गरेको भनेपनि वास्तविकता अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले बताए । उनका अनुसार बसमा चार जना मात्र सवार थिए ।

प्रकाशित : चैत्र १४, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?