२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतबाट आएकालाई आइसोलेसनमा राखेर उपचार

एलपी देवकोटा

जुम्ला — कर्णाली प्राविधिक शिक्षालयमा चन्दननाथ नगरपालिकाले तयार गरेको क्‍वारेन्टाइनमा बुधबार दिउँसो राखिएका सिंजाका ३२ वर्षीय एक जनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनी भारतबाट आएका थिए । 

भारतबाट आएकालाई आइसोलेसनमा राखेर उपचार

उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । 'बुधबार अस्पतालमा आएका उनले भारतबाट आएको र ज्वरो पनि आइरहेको बताएपछि उनलाई क्‍वारेन्टाइनमा राखेर निगरानी गरिरहेका थियौं', उनले भने, 'ज्वरो नरोकिएपछि बाबु छोरा दुवै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिसकेका छौं ।'

उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाक लागि स्थानीयस्तरमै पोसाक व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । स्यानीटाइजर र स्वास्थ्यकर्मीको पोसाक समेतको प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले आफैंले बनाएका छन् ।


जिल्लामा १ सय २० वेडको आइसोलेसन वार्ड तयार गरेको छ भने चन्दननाथ नगरपालिकाले कर्णाली प्राविधिक शिक्षालयमा क्‍वारेन्टाइन निर्माण गरेको छ । आइसोलेसनमा उपचारसत बाबुछोराको नमुना संकलन गरी काठमाडौं पठाउने तयारी भइरहेको छ । त्यस्तै हिमा गाउँपालिकाले पनि भारतबाट आएका २४ जनालाई आफ्नै क्षेत्रमा क्‍वारेन्टाइनमा राखेर निगरानी गरिरहेको जनाएको छ ।


उच्च ज्वारो आएका बिरामीको उपचारका लागि आइसोलेसन वाडमा जानुअघि तयारी गर्दै एक स्वास्थ्यकर्मी । तस्बिर : एलपी देवकोटा/कान्तिपुर

प्रकाशित : चैत्र १३, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?