भारतबाट आएका ६ जना क्वारेन्टाइनमा

एलपी देवकोटा

जुम्ला — भारतबाट आएका ६ जनालाई पातारासी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले उनीहरुलाई कर्णाली इन्स्टिच्युटले तयार गरेको क्वारेन्टाइनमा राखिएको हो । 

भारतबाट आएका ६ जना क्वारेन्टाइनमा

रोजगारको सिलसिलामा भारतमा गएकाहरु गाउँ फर्कन थालेपछि पातारासी गाउंपालिकाले उर्थ चौतारामा हेल्थ डेक्सको स्थापना गरी गाउँपालिका प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै आउन दिइएको अध्यक्ष लक्षिमन बोहोराले बताए ।


‘एक साता अघि भारतबाट आएकाहरुलाई घरमै सुरक्षित बस्न आग्रह गरेका छौ,’ उनले भने, ‘लकडाउनको बेला भारतबाट आएका ६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौ । ’ पालिकाभित्र छिर्ने सबैको रेकर्ड राख्ने व्ज्यवस्था समेत उर्थु चौताराको हेल्थ डेक्समा गरिएको छ ।


त्यस्तै बुधबारमात्रै जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना जिल्ला भित्रिएका छन् । नाग्म हेल्थ डेक्समा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायका अनुसार ६ जना चिनियाँहरुले पनि आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?