कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा पनि जुम्लामा दैनिक हजारभन्दा धेरै भित्रिँदै

भारतबाट आएका १ जनालाई क्वारेन्टाइनमा राखियो
एलपी देवकोटा

जुम्ला — जुम्लालाई चैत ९ गते देखि नै लकडाउन गरिएपनि जिल्ला बाहिरबाट जुम्ला भित्रिनेको संख्या अझै पनि घटेको छैन । विभिन्न कामको सिलसिलामा जिल्ला बाहिर र रोजगारीको लागि भारत गएकाहरु दिन प्रतिदिन लकडाउनको बेवास्ता गरी जिल्ला जिल्लामा आइरहेका छन् ।

लकडाउनमा पनि जुम्लामा दैनिक हजारभन्दा धेरै भित्रिँदै

जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्ममा रहेको हेल्थ डेक्समा स्वास्थ्य अवस्था जाँच गरेर जिल्लामा आउने गरेका छन् । मंगलबारमात्रै १ हजार सय ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको नाग्म हेल्थ डेक्समा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायले बताए । ‘जुम्ला भित्रने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरिरहेका छौं,’ उनले भने, ‘धेरैजसो भारतबाट आउने व्यक्तिहरु रहेका छन् । स्वास्थ्य परीक्षण गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

भारतबाट फर्किएका एकजनालाई उच्च ज्वारो आएपछि कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए ।


सिन्जाका ३२ वर्षीय एकजना व्यक्ति उपचारको लागि शिक्षण अस्पताल जुम्ला पुगेपछि उनमा ज्वारो धेरै आएको र खोकी लागिहेकाले उनलाई करेन्टाइनमा पठाएका छौं ।उनले भने, उनलाई दुई हप्ता क्वारेन्टाइनमा निगरानीमा राखिने छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामीहरु भेटिएमा कर्णाली प्राविधिक शिक्षालयमा एक सय बेडको क्वारेन्टाइन तयार गरिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक सय २० शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?