१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्णालीका प्रदेश प्रमुखद्वारा एक महिनाको पारिश्रमिक सहयोग

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् । 

कर्णालीका प्रदेश प्रमुखद्वारा एक महिनाको पारिश्रमिक सहयोग

प्रदेश प्रमुख चलौनीले एक महिनाको पारिश्रमिकवापतको ७४ हजार दुई सय ४० रुपैयाँ सहयोग गर्ने विज्ञप्तिमार्फत् जनाएका हुन् ।


उनका अनुसार सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा उक्त रकम जम्मा गरिनेछ ।


कोषमा सांसद, जनप्रतिनिधि, सरकारी कर्मचारी, निजी तह तथा स्थानीयबाट रकम जम्मा गर्ने क्रम चलिरहेको छ। सरकारले संक्रमण फैलन नदिन भन्दै सतर्कता र रोकथामका लागि भन्दै मंगलबारदेखि देशभर लकडाउन गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?