घाइते मृग वन कार्यालयमा

हरि गौतम

रुकुम पश्चिम — गस्तीका क्रममा प्रहरीले भेटाएको मृग (रतुवा/राते) वन कार्यालयलाई बुझाइएको छ । बिहीबार बेलुकी ४ बजे गस्तीमा रहेको प्रहरी टोलीले मुसीकोट नगरपालिका–४, सोलाबाङ बजार नजिक घाइते अवस्थामा भेटिएको मृग प्रहरीले डिभिजन वन कार्यालयमा बुझाइएको हो । 

घाइते मृग वन कार्यालयमा

प्रहरी चौकी सोलावाङबाट निस्किएको गस्ती टोलीले उक्त मृग फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मृगको उपचारपछि जंगलमा छाडिने डिभिजन वन कार्यालयले जनाएको छ ।


प्रकाशित : फाल्गुन १५, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?