कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णालीमा जिप खस्दा चालकको मृत्यु

तुलाराम पाण्डे

कालिकोट — कर्णाली करिडोरअन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाकाे सीमा जितेमा लु १ ज ४१४१ नम्बरको जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

दैलेख गुराँस गाउँपालिका ४ का १९ वर्षीय जिप चालक चक्रबहादुर खड्काको मृत्यु भएको हो ।


रासकोट नगरपालिकाबाट जितेका लागि आएको जिप यात्रु झारेर फर्काउने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार जिप मंगलबार बिहान १० बजेतिर दुर्घटना भएको हो ।


प्रहरीले जिप नदीबाट निकाल्ने तयारी गरिरहेको छ ।


प्रकाशित : फाल्गुन १३, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?