३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुर्घटनामा घाइते मेजरको मृत्यु

विप्लव महर्जन

सल्यान — गाडी दुर्घटनामा घाइते भएका सवुजगण सल्यानका मेजर ईश्वर सिलवालको उपचारका क्रममा मृत्यु भएको छ । ३५ वर्षीय सिलवालको काठमाण्डौको छाउनीस्थित सेनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सवुजगणले जानकारी दिएको छ । 

सल्यानको सिमखर्कस्थित सेनाको ब्यारेकको लु १ त १२३ नम्बरको ट्रक गत माघ २९ गते सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको थियो ।

दर्घटनामा सवुजगण सिमखर्कमा कार्यरत जमदार यादब भडेलको घटनास्थलमै मृत्यु भएको थियो । सेनानी जयप्रकास बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशमलित मगर, बिपिन श्रेष्ठ घाइते भएका थिए । घाइते सबैको छाउनीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?