रुखबाट लडेर मृत्यु

विप्लव महर्जन

सल्यान —  शारदा नगरपालिका ८ मार्केमा घाँस काटने क्रममा रुखबाट लडेर स्थानीय २१ वर्षीया कल्पना शर्माको मृत्यु भएको छ । घाँस काटन रुख चढेकी उनी झन्डै १० मिटर माथिबाट खसेको आफन्तले बताएका छन् ।

रुखबाट आइतबार लडेकी उनको मृत्यु सोमबार भएको प्रहरीले बताएको छ । आइतबार उनी उचेत अवस्थामा थिइन् ।

जिल्ला अस्पताल सल्यानका डाक्टरहरुले छिटो उपचारका लागि काठमाण्डौ लैजान सल्लाह दिएका थिए । तर, आर्थिक अभावका कारण उनलाई काठमाडौं लौजान नसकेको आफन्तले बताए ।


प्रकाशित : फाल्गुन ५, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?