कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर भत्कदा आठ घाइते, चारको अवस्था गम्भीर

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका–२ दहखोला नजिकै रामचनेमा दिलबहादुर विकको घर निर्माणका क्रममा आइतबार दिउँसो दुई बजेतिर जगैबाट भत्कियो । यसैको कारण दश मजदुर घाइते भएका छन । चारको अवस्था गम्भीर छ ।

घर भत्कदा आठ घाइते, चारको अवस्था गम्भीर

गम्भीर घाइतेका उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ । गम्भीर घाइते हुनेमा ३१ वर्षीय भुमा खड्का, २८ वर्षीय रीता विक, ३२ वर्षीय रेवती विक ३५ वर्षीय कविता बस्नेत र ७४ वर्षीय गोपाल खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षेक ढकेन्द्र खतिवडाले बताएका छन् ।

उनले घर के कारणले भत्कियो भन्ने कुरा अझै खुल्न नसेको पनि बताए । प्रहरी घटनास्थलमा पुगिसकेको छ र उद्दार कार्यको भइरहेको छ ।


प्रकाशित : फाल्गुन ५, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?