कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

धारिलो हतियार प्रयोग गरी युवतीको हत्या 

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका १ तल्नो काभ्रामा एक युवतीको हत्या गरिएको छ । १६ वर्षीय कविता बोहराको शुक्रबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बोहराको घर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी गराए । 

उनका अनुसार थप अनुसन्धान र हत्यारा पत्ता लगाउन नेपालगन्जबाट तालिम प्राप्त कुकुर मगाइएको छ ।


यसैबीच, अपरिचित व्यक्तिको बोतल प्रहारबाट बन्गाड कुपिण्डे नगरपालिका ५ च्युरा निवासी वर्ष २२ का अजय विष्ट र वर्ष १९ का रोशन विष्ट घाइते भएका छन् ।


त्रिभुवन जनता मावि च्युराको विद्यालय व्‍यवस्थापन समिति अध्यक्ष चयन प्रक्रियाको मतगणना चल्दै गर्दा बोतल प्रहार भएको थियो। शुक्रबार राति करिब ८ बजे बोतल प्रहारबाट घाइते भएका दुवै जनालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।


बोतल प्रहार गर्ने ब्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी गराएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?