ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

कान्तिपुर संवाददाता

सल्यान — बाग्चौर नगरपालिका ९ धामीढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा १ को मृत्यु भएको छ । शुक्रबार बेलुकी ७ बजेतिर ना ६ त ९२१३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सिरक डसना बनाउने काम गर्दै आएका रौतहट सन्तपुर नगरपालिका ६ का आलिम महमदको मृत्यु भएको हो ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

उनको ट्रयाक्टरले च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


धामीढुंगाबाट सिरक डसना बनाएर श्रीनगरतिर फर्कने क्रममा घुम्तीमा ब्याक गर्दा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सिरक डसना बनाउन गएका दुई जनामध्ये एक जना हाम्फालेर बच्‍न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?