कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पहिलो आक्रमण खेप्‍ने घर

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–९ राडीबजार छेउबाटै बगेको ठूलीभेरी नदी । नदीमाथि जाजरकोट र रुकुम पश्चिम जोड्ने झोलुङे पुल । रुकुम पश्चिमपट्टि दुईतले लामो घर । हेर्दा सामान्य लाग्ने यो घरमा १० वर्षे सशस्त्र द्वन्द्वको पहिलो प्रहार भएको थियो ।

पहिलो आक्रमण खेप्‍ने घर

साबिक आठबिसकोट गाविस अध्यक्ष लोकेन्द्र बटालाको उक्त घरमा प्रहरीचौकी थियो । २०५२ फागुन १ को राति तत्कालीन नेकपा (माओवादी)ले आक्रमण गरी सशस्त्र युद्धको सुरुआत गरेको थियो । ‘त्यो सामान्य घर होइन, त्यसरी बुझ्नु पनि हुँदैन,’ आठबिसकोट–९ का वडाध्यक्ष तारकबहादुर शाहीले भने, ‘यो ऐतिहासिक महत्त्व बोकेको घर हो, यसको उचित संरक्षण गर्नुपर्छ ।’


आठकोठे घरको आधा भाग प्रहरीले प्रयोग गर्थ्यो भने आधा भागमा बटाला आफैंले कपडा र भाँडा पसल राखेका थिए । हेमन्तप्रकाश ओली ‘राजनीतिक कमिसार’ र गणेशमान पुन ‘फौजी कमान्डर’ रहेको टोलीले चौकीमाथि आक्रमण गरेको थियो । माओवादीले चौकीमा रहेका प्रहरीलाई नियन्त्रणमा लिई हातहतियारसहित सम्पूर्ण सामग्री लिएर गएका थिए । घरमा रहेको पसलका सम्पूर्ण सामग्री भेरी नदीमा बगाइदिएका थिए । पुनर्निर्माणपछि हाल उक्त घरमा पसल राखिएका छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?