कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आगलागीपछि खलंगा बजार बन्द

हरि गौतम

(रुकुम पश्चिम) — सदरमुकाम खलंगा बजार बिहीबार बन्द गरिएको छ । मुख्य बजारका तीन पसलमा आगो लागेपछि व्यापारीले पसल खोलेका छैनन् । रुकुम उद्योग वाणिज्य संघले एक दिनका लागि बजार बन्द गर्न भनेअनुसार बजार बन्द गरिएको हो । 

आगलागीपछि खलंगा बजार बन्द

बुधबार राति जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका पसलमा आगलागी भएको थियो । मुसीकोट नगरपालिका–१, खलंगाको जिल्ला प्रहरी लाइनका तीन पसलमा आगलागीबाट पूर्ण रुपमा क्षति पुगेको छ । बुधबार पौने ११ बजे सुरु भएको आगलागी बिहीबार बिहान २ बजेमात्रै नियन्त्रणमा आएको थियो । लक्ष्मी पुनको घरमा रहेका शाइकुमारी स्टेशनरी र आमा कपडा पसलमा आगलागी भएको छ भने बीरबहादुर रावलको घरमा रहेको हिमालय फेन्सी पसलमा आगलागी भएको छ । आमा कपडा पसलबाट आगो सुरु भएको बताइएको छ ।


जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले डेढ करोड बराबरको क्षति भएको बताए । कपडा पसलको विद्युत् सर्ट भएर आगो लागेको उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?