कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सल्यानमा सेनाको गाडी दुर्घटना, १ को मृत्यु, ६ गम्भीर घाइते 

विप्लव महर्जन

सल्यान — सल्यानमा सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोलामा बुधबार सडकबाट ७ सय मिटर तल खस्दा सेनाका जमदार यादव भडोलको मृत्यु भएको हो ।


जिल्लाको सिमखर्कबाट दाङतर्फ जाँदै गरेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


दुर्घटनामा परी सेनानी ईश्वर सिलवाल, जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ,रेशम लित मगर र विपिन श्रेष्ठ रहेका छन् ।


गम्भीर घाइते भएकाहरुको दाङको तुलसीपुरअञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए ।

प्रकाशित : माघ २९, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?