३ दिनपछि शव पोस्टमार्टम, वीरेन्द्रनगरको तनाव अन्त्य

सुर्खेत — टिपरले किचेर युवाको ज्यान लिएपछि वीरेन्द्रनगरमा जारी तनाव ३ दिनपछि अन्त्य भएको छ । पीडित पक्ष र प्रशासनबीच भएको पाँचबुँदे सहमतिपछि मृतकको शव पोस्टमार्टम प्रक्रियासमेत अघि बढेको छ ।

३ दिनपछि शव पोस्टमार्टम, वीरेन्द्रनगरको तनाव अन्त्य

सहमति अनुसार टिपर चालक राजकुमार बोहोरालाई कानुनी प्रक्रियाको लागि अगाडि बढाउने, पीडित पक्षलाई क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अगाडि बढाउने, पीडित परिवारलाई थप राहत उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गर्नेलगायत रहेका छन् ।



सहमतिसँगै पीडित पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आन्दोलनको कारण वीरेन्द्रनगर बजार ३ दिनदेखि तनावग्रस्त थियो । मंगलबार राति स्थानीय प्रशासनले कर्फ्युसमेत लगाएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बन्द–हड्ताललाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अन्त्य गरिएको बताए । मंगलबार बिहान कालीकोटका २१ वर्षीय युवा केशरबहादुर सिंहको टिपरको ठक्करबाट जुम्लारोडमा मृत्यु भएको थियो ।


प्रकाशित : माघ १६, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?