मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका शिक्षकको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

दार्मा गाउँपालिका १ रानीपानी निवासी शिक्षक ४२ वर्षका टेकबहादुर केसीको जिल्ला अस्पताल सल्लयानमा उपचारको क्रममा मृत्यु भएको हो । राष्ट्रिय मावि दार्माकोटमा कार्यरत केसी सवार रा ३ प ७००० नम्बरको मोटरसाइकल तुलसीपुर जाने क्रममा सोमबार बेलुकी दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए । केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्षसमेत थिए ।


बसलाई उछिनेर अगाडि जाने क्रममा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले बताए ।

प्रकाशित : माघ १५, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?