कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दुई वडा कार्यालय जलाएको जिम्मा लियो चन्द समूहले

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिल्लाका २ वडा कार्यालयको सामग्री जलाएको जिम्मा लिएको छ । जिल्ला समितिले मंगलबार एक विज्ञप्ती निकाल्दै आठबीसकोट नगरपालिका–१० र बाँफिकोट गाउँपालिका–९ को वडा कार्यालयको सामग्री जनताले जलाएको र त्यसप्रति पार्टीले पूर्ण जिम्मा लिने बताएको छ ।

जिल्ला सेक्रेटरी मञ्जित कामीले निकालेको विज्ञप्तीमा आठबीसकोट नगरपालिकामा रहेको एनसेलको टावर, सल्यान रुकुम पश्चिममा रहेको एनसेल टावरमा पनि जनताले आक्रमण गरेको भन्दै त्यसको जिम्मा पनि आफ्नै पार्टीले लिने बताएका छन् । विज्ञप्तीमार्फत आगामी दिनमा सरकारी तथा गैरसरकारी, लघु वित्तिय संघ संस्थाका कार्यालय व्यक्तिको घरमा नराख्न पनि चेतावनी दिइएको छ ।


पछिल्लो समय जनप्रतिनिधि आफू शासक भएर जनतालाई दासजस्तो व्यवहार गरिरहेको आरोप उसले लगाएको छ । गत पुस ८ गते आठबीसकोट नगरपालिका–१० को वडा कार्यालयका सामान कार्यालय बाहिर ल्याएर जलाइएको थियो भने माघ १२ गते राति बाँफिकोट गाउँपालिका–९ को कार्यालयका सामग्री कार्यालय बाहिर ल्याएर जलाइएको थियो । यी दुवै वडा कार्यालयहरु सर्वसाधारणको घरमा राखिएको छ । बाँफिकोट गाउँपालिका–९ का अध्यक्ष कविराम खत्री सत्तारुढ दल नेकपाका बाँफिकोट गाउँपालिका अध्यक्षसमेत हुन् ।

प्रकाशित : माघ १४, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?