वडा कार्यालयको सामग्री जलाइयो

हरि गौतम

रुकुम पश्चिम — यहाँको एक वडा कार्यालयको सम्पूर्ण सामग्री जलाइएको छ । बाँफिकोट गाउँपालिका ९ नम्बर वडा कार्यालयको सम्पूर्ण सामग्री आइतबार राति जलाइएको हो ।

वडा कार्यालयको सामग्री जलाइयो

झुलाको पुराना गाउँमा रहेको कार्यालयका सम्पूर्ण सामग्री कार्यालय बाहिर ल्याएर जलाइएको प्रहरीले जनाएको छ । वडा कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, दराज, कुर्सी, सोफा सेटसहित विभिन्न किसिमका कागजात लगायत सामग्री जलेका छन् । कार्यालयका सबै सामग्रीहरु कार्यालयको कोठा बाहिर निकालेर आगो लगाईएको प्रहरीले जनाएको छ ।


वडा कार्यालयको सामान जल्दै गर्दा मात्रै आफूलाई खबर आएको वडाध्यक्ष कविराम खत्रीले बताए । कार्यालयका भौतिक सामग्रीको साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलेको वडाध्यक्ष खत्रीले बताए । वडा कार्यालय कसले र किन जलायो भन्ने केही खुलेको छैन ।

१५ जनाको समूहले आएर वडा कार्यालयको सामग्री बाहिर निकालेर आगजनी गरेको बताइएको छ । यो सहित जिल्लाको दुई वटा वडाको सामग्रीमा आगजनी भएको छ । यस अघि पौष ८ गते राति आठबीसकोट नगरपालिकाको १० नम्बर वडाको सामग्री कार्यालय बाहिर ल्याएर जलाइएको थियो । हालसम्म पनि उक्त वडा कार्यालय किन र कसले जलाएको हो भन्ने केही खुल्न सकेको छैन ।


प्रकाशित : माघ १३, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?