सल्यानमा दुई ऐनसेल टावरमा आगजनी

विप्लव महर्जन

सल्यान — जिल्लाको दुई स्थानमा रहेको ऐनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीका कारण टावरमा क्षति पुगेकाे छ । 
बन्गाड कुपिण्डे नगरपालिका ४ देउली, शारदा नगरपालिका १३ लेखटाकुरा र ऐनसेल टावर आगजनी गरेको प्रहरीले जनाएको छ ।

आईतबार राति अज्ञात समुहले ऐनसेल टावरमा आगजनी गरेका हुन । अज्ञात व्यक्तिकाे समूहले टावरमा रहेका जेनेटर र बिटिएसको तार पनि काटेकाले देउली र लेखटाकुरा मात्र नभई आसपासका दर्जन बढी गाउँ संचारविहिन रहेको प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी गराए ।


क्षतिको बारेमा अहिलेसम्म खुल्न नसकेको प्रहरी नायव उपरिक्षक खतिवडाले बताए । आगजनी गरेको क्षेत्रमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ ।

प्रकाशित : माघ १३, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?