कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मुगुमा जिप दुर्घटना, ७ घाइते  

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा शुक्रबार दिउसो साढे जित दुर्घटना हुँदा ७ जना सख्त घाइते भएका छन् । सोरु गाउँपालिकाको सोरुकोटबाट गमगढी आउँदै गरेको जिप कुलाहा खोलामा दुर्घटना भएको हो । 

मुगुमा जिप दुर्घटना, ७ घाइते  

दुर्घटनामा परी घाइते हुनेमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाहाका धर्मबहादुर मल्ल, फोतुलिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही तथा जुम्लाकी उषा भण्डारी र जिपचालक प्रकाश बस्याल रहेको प्रहरीले बताएको छ । राष्ट्रिय बणिज्य बैंक शाखा सोरुकोट कर्मचारी तेजेन्द्र आर्चाय पनि घाइते भएका छन् ।


घाइतेहरुको सिप गाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको धेरै रक्तश्राव भएकाले स्थिति गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रकाशित : माघ ३, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?