कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा थापा

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर)मा डा. निरेश थापा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई शिक्षाअध्यक्षको जिम्मेवारी दिएका हुन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा थापा

प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा. निरेश थापासहित तीन जनाको नाम सिफारिस गरेका थिए । थापा पहिलो नम्बरमा सिफारिसमा परेका थिए । दोस्रोमा प्रा.डा भरतमणि पोखरेल र तेस्रोमा प्रा.डा बद्री बडु सिफारिस भएका थिए ।

थापा २०७१ सालदेखि प्रतिष्ठानमा कार्यरत छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु भएपछि विना विशेषज्ञ चिकित्सकको रुपमा उनी कर्णाली पुगेका थिए ।

प्रकाशित : पुस १०, २०७६ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?