कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँले ढाक्यो रारा

राजबहादुर शाही

मुगु — पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् ।

हिउँले ढाक्यो रारा

रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ । बिहीबार रातिदेखि रारा सेताम्य भएपछि पर्यटक रमाएर उफ्रिन थालेको डाफे गेष्ट हाउसका मेनेजर बली शाहीले बताए । ५ इन्चभन्दा बाक्लो हिउँ परेको जमिनको घाँस पात नदेखिने भएको उनको भनाइ छ ।


जाडो छल्न साइबेरिया, नैनीताल, मानसरोवरबाट पानीजन्य चराहरु आउने र अर्कोतिर हिउँ रारा सेताम्य हुने भएकोले निकै रमाइलो र आकर्षक देखिने गरेको छ ।


रारा तालभन्दा आधा घण्टा दूरीमा रहेको मुर्मा गाउँलाई पनि हिउँले ढाकेको छ । हिउँले गर्दा मुर्मा गाउँको जनजीवन प्रभावित बनेको विद्यार्थीलाई विद्यालय जा मुस्किल भएको मुर्मा गाउँका वडाध्यक्ष मणिचन्द रोकायाले बताए ।

प्रकाशित : मंसिर २७, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?