कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चितुवाको छाला र हड्डीसहित पक्राउ

ज्योति कटुवाल

दैलेख — चितुवाको छाला र हड्डीसहित चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

चितुवाको छाला र हड्डीसहित पक्राउ

चितुवाको छाला र हड्डी लुकाईछिपाई राखेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार शाहीको घरमा खानतलासी गरेको थियो । खानतलासीको क्रममा चितुवाको छाला र हड्डी भेटिएपछि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले बताए ।


उनका अनुसार झण्डै ७ फिट ८ इन्च लम्बाई र २ फिट २ इन्च चौडाईको चितुवाको छाला बरामद गरिएको छ । शाहीको घरबाट २ किलो ३० ग्राम चितुवाको हड्डी पनि बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका शाहीलाई बिहीबार थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?